शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०८० चैत १५ गते ११:५१

काठमाडौं, १५ चैत । निरन्तर उकालो लागेको सुनको मूल्यले आज बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
सम्बन्धित