शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

दैनिक नेपाल २०८० चैत १५ गते १०:४६

काठमाडौं, १५ चैत । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो ।

डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित