शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुरु भयो एसइई (तस्वीरहरू)

दैनिक नेपाल २०८० चैत १५ गते ९:०४

काठमाडौं, १५ चैत । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।

आउँदो २७ गते सम्म हुने परिक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो । अहिले अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ ।

परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । परीक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित