शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एमाले झापाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

दैनिक नेपाल २०८० चैत १५ गते ८:१०

काठमाडौं, १५ चैत । नेकपा (एमाले) झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुँदैछ ।

अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसक्नुभएको छ ।

एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ ।

पार्टी अध्यक्ष ओलीसहित अन्य पार्टी पदाधिकारी पनि झापा पुग्नुभएको छ ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले सहभागिता जनाउने छन् ।

अधिवेशन उद्घाटन समारोहमा झापाको पार्टी जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरू, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत सङ्गीतका क्षेत्रमा योगदान गरेका करिब दुई दर्जन व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिनुभएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित