
काठमाडौं, १५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आजदेखि जिल्ला दौडाहामा निस्किनुभएको छ ।
कार्यक्रम तालिका अनुसार चैत १६ गते मकवानपुरको हेटौंडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा, संगठन सुदृढीकरणसँगै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनुहुनेछ ।
दौडाहा टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री, सहायक महामन्त्रीद्वय रामसुन्दर विष्ट र डम्बरप्रसाद शिवाकोटी, केन्द्रीय सदस्य पुरु दाहाल र जनवर्गिय संगठनका अध्यक्षहरु सहभागी रहने पार्टी सचिवालयले जनाएको छ ।








प्रतिक्रिया