शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी-२० खेल आज

दैनिक नेपाल २०८० चैत १५ गते ६:४५

काठमाडौं, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।

टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि सुरु हुँदैछ ।

नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्यान्ड वुल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्यान्ड ‘ए’ सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित