१५ असार २०८३, सोमबार

टोपबहादुर रायमाझीलाई हर्टअट्याक, कहाँ हुँदैछ उपचार ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत। नक्कली भुटानी शरणार्थी काण्डमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई हर्टअट्याक भएको छ ।

एक्कासी माइनर हर्टअट्याक भएकाले उनलाई मनमोहन अस्पतालमा भर्ना गरिएको छ । आज बिहान ८:३० बजे अस्पताल लगिए पनि बुधबार राति मात्र यसबारे जानकारी बाहिर आएको हो । पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेकाले चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएको सचिवालयले जानकारी दिएको छ ।