शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

विद्यालय गएकी बालिका मृत फेला

दैनिक नेपाल २०८० चैत १४ गते २०:०७

बैतडी, १४ चैत । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् ।

उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताउनुभयो ।

डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने विषय खुलेको छैन् ।

विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित