२९ जेष्ठ २०८३, शुक्रबार

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान हुनुभएको छ ।

उहाँविरूद्व आज काठमाडौं जिल्ला अदालतले कैद पुर्जी जारी गरेको हो । उहाँलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

लामालाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाएको थियो । तर उहाँ फरार रहँदै आउनुभएको थियो । अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन पनि आदेश दिएको छ ।