शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण

दैनिक नेपाल २०८० चैत १४ गते १२:११

काठमाडौं, १४ चैत। मुक्तिनाथ विकास बैंकले कन्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवाहरुको रोपेको हो ।

बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पु¥याएको छ । बैंकले अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानीय नगरबासीहरुको उपस्थिति रहेको थियोे । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग, कर्जा सेवा जस्ता सेवाहरु घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित