शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी आरती

दैनिक नेपाल २०८० चैत १४ गते ११:१२

काठमाडौं, १४ चैत । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आउनुभएको छ । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिनुभएको छ ।

उहाँले फेसबुकमा लेख्दै भन्नुभएको छ, ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

यसअघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्कविहीन भएको भन्दै सहयोग माग्नुभएको थियो ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती उहाँ ओशो साधक हुनुहुन्छ । ओशो ध्यान गर्न उहाँ केही महिनादेखि गोवामा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित