शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

परपुरूषसँग अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने तालिवानको घोषणा

दैनिक नेपाल २०८० चैत १४ गते ९:५६

काबुल, १४ चैत । अफगानिस्तानमा फेरि अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।

तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अवैध सबन्ध राख्ने महिलााई सार्वजनिक स्थलमा ढुंगाले हानेर मारिने बताउनुभएको छ । उहाँका अनुसार कुनै पनि महिला व्यभिचार गरेको अर्थात आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढंगाले हानेर मारिने छ ।

एक अडियो सन्देशमा अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेशसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘ढुंगाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुंगाले हिर्काइने छ ।’

अखुन्दजादाले भन्नुभयो, ‘के महिलाहरूले पश्चिमा देशहरूको कुरा गरिरहेका अधिकार चाहन्छन् ? त्यस्ता सबै अधिकारहरू शरिया र धर्मगुरुहरूका राय विरुद्ध छन् । पश्चिमा लोकतन्त्रलाई उखालेर फाल्ने उही धर्मगुरुहरू हुन् । हामीले पश्चिमाहरू विरुद्ध २० वर्ष लड्यौँ र आवश्यक परे आगामी २० वर्षसम्म लड्नेछौँ ।’

तालिबान नेताले अगाडी यो पनि भन्नुभयो कि, ‘हामीले काबुललाई पुनः कब्जा गरेर मात्रै हाम्रो काम सकिएको छैन, हामी चुपचाप बसेर चिया पिउने छैनौँ । हामी अफगानिस्तानमा शरिया फिर्ता गर्नेछौँ ।’

अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ उनीहरुको अधिकार निरन्तर कुण्ठित भइरहेको छ । पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाई विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।

अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित