७ श्रावण २०८३, बिहिबार

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १४ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पार्नुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई मंगलबार सम्बोधन गर्नुहुँदै उहाँले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन तत्काल टुट्दैन ।’

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाव दिनुभएको छ ।