
काठमाडौं, १३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नयाँ विचार बोकेको पार्टी हो भनेर आफूले झुट बोल्न नसक्ने बताउनृुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले कांग्रेस विचार नभएको पार्टी हो भन्दा कसरी गाली भयो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अस्ति एउटा थोत्रा पार्टीको एक युवाले मलाई गाली गरेको सुनेँ । गालीको कुटीर उद्योग बन्द हुन्थ्यो, कुटीर उद्योग नै होइन नि यो । किन चलाउनुपर्छ उद्योग ? चलाउनै पर्दैन नि । गालीको कुटीर उद्योग त उनीहरुले चलाइरहेका छन्। हाम्रा विरुद्ध झुट बोलेर, बेइमानी गरेर । त्यो सारा सुनका के जाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन।’








प्रतिक्रिया