२ असार २०८३, मंगलबार

कोशी प्रदेश विघटन हुँदैन, एमालेकै नेतृत्व हुन्छ : हिक्मत कार्की

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १३ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।

एमाले उदयपुरको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने व्याख्या गरेकाले विघटनको हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

उहाँले न्यायलयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद विघटन हुन्छ भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो । उहाँले ले केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बनेपनि वहुमतको सरकार बनाउन संबिधानले मार्ग पशस्त गरेको बताउनुभयो ।

उहाँले राष्ट्रिय राजनीतिमा आएको फेरवदलसँगै सातै प्रदेशमा सरकार परिवर्तन हुने र कोशी प्रदेश एमालेकै नेतृत्वमा हुने सत्ता साझेदार दलबीच सहमति नजिक पुगेको जानकारी दिनुभयो ।

‘कोशी प्रदेशको शक्ति सन्तुलनको हिसाबले पनि एमालेले पाउने हो,’ एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले भन्नुभयो, ‘ढुक्क हुनुस अबको केही दिनमा कोशी प्रदेशको नेतृत्व एमालेले गर्छ ।’

पूर्वमुख्यमन्त्री समेत रहनुभएका कार्कीले एमाले कोशी प्रदेश विगठन र मध्यावधीको पंक्षमा नरहेको स्पष्ट पार्नुभयो । ‘व्यक्ति विगठन होला, सपना विगठन होलान् तर संसद विगठन हुने अवस्था छैन्, केवल सत्ताबाट वाहिरिनु परेपछि काँग्रेसको आक्रोश मात्र हो,’ उहाँले भन्नुभयो ।