७ श्रावण २०८३, बिहिबार

दुर्गा प्रसाईका बडिगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडिगार्डलाई रिहा गर्न आदेश दिएको छ ।

आज बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो।

इजाजत पत्रमा उक्त हातहतियार नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर पनि हिँड्न पाउने साथै प्रयोग गर्न पाउने भनी उल्लेख भएको देखिएकाले रिहा गर्न आदेश दिएको हो ।

पक्राउ परेपछि बडिगार्डका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । बडिगार्डद्वय अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ पर्नुभएको थियो ।