
काठमाडौं, १३ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ ।
आज उदयपुरको गाईघाटमा नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएभको हो ।
तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले यो गठबन्धन मुलुकको समृद्धि र हितमा रहेको बताउनु भयो । मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको उहाँको धारणा छ ।
उहाँले नयाँ गठबन्धनबाट एमालेले मिसन २०८४ को लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ समिकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया