८ असार २०८३, सोमबार

वीरेन्द्रनगरमा एक महिलाको शव फेला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १३ चैत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा शव फेला परेको हो । शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ ।

स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाहा भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।