३ असार २०८३, बुधबार

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा हुनुहुन्छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उहाँलाई प्रहरीले पक्राउ गरेको हो।

उहाँलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।