२३ असार २०८३, मंगलबार

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताउनुभएको छ ।

मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महशुस भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नवीन्द्रराज जोशीको अभावको महशुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ । अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताकालागि आफूलाई प्रयत्न गर्ने मानिस बढी चाहिएको छ । किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गति र मति भएको मानिस चाहिएको छ । हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ । त्यसलाई कार्पेटभित्र राखेर हुदैँन् । सफा गर्नैपर्छ । हाम्रो मति ठिक बनाउनु पर्छ र लय समाउनैपर्छ ।’

उहाँले सिंगो समाज परिवर्तनको लागितयारभएको भन्दैयसको लागिरुपान्तरणको एजेण्डाहरु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । ‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो । तर त्यसलाई चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नु पर्छ । त्यसलाई शक्तिबनाउनु पर्नेछ । सिंगो समाज परिवर्तनको लागितयार छ । तर त्यसको लय समाएर, परिवर्तन गर्नको लागिहामीलाई रुपान्तरणको एजेण्डाहरु चाहिएको छ,’ उहाँले भन्नुभयो ।

दिंवगत नेता जोशीको प्रशंसा गर्दै महामन्त्री थापाले भन्नुभयो,‘नवीन दाईको लागि लोकतन्त्र भनेको जीवन हो । यसको साथै उहाँको अर्को महत्वपूर्ण विषय भनेको लगनशिलता र मेहेनत नै हो । यो कुरा हामीले सधैँ सम्झनामा राख्नुपर्छ । पार्टीमा उहाँको कमि, अभाव अहिले पनि महशुस हुन्छ ।’

सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने धारणा व्यक्त गर्नुभयो । सत्तारुढ गठबन्धन स्थायी नहुने उहाँको दावी थियो । कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद केदारभक्त माथेमा लगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।