५ श्रावण २०८३, मंगलबार

मनहरी खोला नजिकै सालनालसहितको शिशु मृत फेला

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १३ चैत । मकवानपुरको मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

मंगलबार बिहान जिल्लाको मनहरी गाउँपालिका-७ रमौली बांगेटोलस्थित मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत फेला परेको हो ।

२/३ दिन अघि जन्मिएको जस्तो देखिने सालनाल सहितको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत शिशुलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।