
धनकुटा, १३ चैत । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज धनकुटामा बस्दैछ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्न लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री केदार कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव संकलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया