८ असार २०८३, सोमबार

बकैयामा कारको ठक्करबाट एक बालकको मृत्यु

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ चैत । मकवानपुरको बकैया गाउँपालिका-४ गोठखोलामा कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको गरगरे घर भएका ११ वर्षीय निशान बानियाँ रहेका छन् । सोमबार दिउँसो धरान-चतरा सडकखण्डमा हात्तिसुँडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार निशान गम्भीर घाइते भएका थिए ।

कारको ठक्करबाट उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक चितवनको भरतपुर महानगरपालिका-१० का ३५ वर्षीय शारदा सुवेदी प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।