
काठमाडौं, १३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गर्नुभएको छ ।
दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । भेटमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूबीच महासंघ र कतार चेम्बरको एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा छलफल पनि भएको छ । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताउनुभयो ।








प्रतिक्रिया