
काठमाडौं, १३ चैत । कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हामफाल्दा बेपत्ता भएका एक जना युवकको खोजी कार्य जारी रहेको छ ।
हिजो सोमबार दिउँसो कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीसहित १७ जना युवा पुलबाट नदीमा हाम फालेका थिए ।
उनीहरु होलीको दिन मादक पदार्थ सेवन गरी पुलमा सामूहिक रूपमा तस्वीर खिच्ने भन्दै एकपछि अर्को गरी हाम फालेका थिए । तर उनीहरु मध्ये ३० वर्षीय शाही भने नदीमा बेपत्ता भएका थिए ।
उनको आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया