
काठमाडौं, १२ चैत । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोवल मनी वीक सम्पन्न गरेको छ ।
यहि चैत ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी वीक २०२४ को अवसरमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।
कम्पनीले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवालक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै ¥यालीसमेत आयोजना गरेको थियो ।
संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन तय गरिएका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।









प्रतिक्रिया