३२ असार २०८३, बिहिबार

इलाम-२ मा सुहाङ नेम्वाङलाई माओवादीको समर्थन

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर-२ को उपचुनावमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ ।

आज माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा प्रचण्ड एमालेका उम्मेद्वार सुहाङलाई समर्थन गर्न राजी हुनुभएको हो ।

यसबारेमा माओवादीले आधिकारिक जानकारी भने दिएको छैन । पार्टीले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिइने बताइएको छ ।