२० असार २०८३, शनिबार

२८ दिनपछि शर्मिला वाइवा धरौटीमा रिहा, छुटेपछि यस्तो चेतावनी

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । आफूलाई सामाजिक अभियान्ता बताउने युट्युबर शर्मिला वाइबा धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ३५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । २८ दिनको हिरासत बसाईपछि उनी आज रिहा भइन्। शर्मिलालाई प्रहरीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।

कलाकार पवन खतिवडा उर्फ ‘म्याकुरी’ ले शर्मिलासहितले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन्। प्रहरीले शर्मिलाविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

हिरासतबाट धरौटीमा छुटे पनि उनले आफूलाई मुद्दा हाल्ने म्याकुरीलाई त्यसै नछोड्ने बरू मुद्दा हाल्ने चेतावनी दिएकी छिन् ।