२४ असार २०८३, बुधबार

दुर्गा प्रसाईको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

न्यायाधिसद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइको झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारलाई आदेश दिइको हो ।

बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो । प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ ।