२८ असार २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।