१८ असार २०८३, बिहिबार

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १२ चैत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।