६ श्रावण २०८३, बुधबार

ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको हो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका प्रहरीले जनाएको छ ।

पुजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।