२ असार २०८३, मंगलबार

जब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा किराले जहाज अवतरण गर्न दिएन…

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । काठमाडौंबाट पोखराका लागि उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नै नगरी काठमाडौं फर्किएका छन् ।

बुद्ध र यति एयरका दुई जहाज पोखरामा अवतरण नगरी काठमाडौं फर्किएका हुन् । विमानस्थलमा चरा र किरा फट्याङग्रा धेरै देखिएपछि विमान अवतरण गर्न नसकेको हो ।

विमानस्थलको धावनमार्गमा रातो खालको किराहरू देखिएका छन् भने चराहरू पनि उत्तिकै रहेका विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

चरा र किरा फट्याङग्राले गर्दा बिहान आठ बजेपछि कुनै पनि जहाज अवतरण हुन सकेका छैनन् । अहिले धावनमार्गबाट किराहरू हटाउने काम भइरहेको छ ।