३० असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैहुनुहुन्छ ।

चैत १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा औपचारिक चीन भ्रमण जान लाग्नुभएको हो ।

उहाँको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।