३१ जेष्ठ २०८३, आइतबार

पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आईपीएलअन्तर्गत पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जाबले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

पञ्जाबको जितमा साम कुरानले सर्वाधिक ६३ रन बनाएका थिए । कुरानले ४७ बलमा ६३ रन बनाएका थिए ।

त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एकएक विकेट लिएका थिए ।

यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

दिल्लीका लागि साइ होपले सर्वाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए ।

त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषव पन्तले १८ रन बनाए ।  अभिषेक पोरेलले १० बलमा ३२ रन बनाएका थिए ।

त्यसैगरी पञ्जाबका बलर हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एकएक विकेट लिए ।

यो जितपछि नयाँ सिजनमा पञ्जाब किंग्सले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने दिल्लीले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।