२५ असार २०८३, बिहिबार

बैतडीमा टिपर दुर्घटना

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १० चैत । बैतडीमा टिपर दुर्घटना भएको छ । पाटन नगरपालिका–८ तल्लो अनारखोलीमा खोड्पे–डडेल्धुरा सडकखण्डमा टिपर दुर्घटना भएको हो ।

बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क २०१३ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।

टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिपरमा क्षति पुगेको बताइएको छ ।

टिपरका चालक दार्चुलाको लेकम गाउँपालिका १ का ४० वर्षीय अम्मर साउँद भने सकुशल रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । उकालोमा ब्रेक नलागेपछि टिपर सडकबाट खसेको हो ।