९ असार २०८३, मंगलबार

घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु

25.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १० चैत । ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा घाँटीमा अड्किएर एक जनाको ज्यान गएको छ ।

मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाँटीमा अड्किएर ज्यान गएको हो ।

उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो ।

सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।