
जनकपुरधाम, १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री यादवले शनिबार नेकपा (एमाले)बाट तीन मन्त्री र एक राज्यमन्त्री बनाउनुभएको हो ।
एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गर्नुभएका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिनुभएको हो ।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । योसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ ।









प्रतिक्रिया