२६ असार २०८३, शुक्रबार

मस्को घटनाले निवर्तमान अध्यक्ष तिमिल्सिना स्तब्ध

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रसियाको मस्को शहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकवादी हमलामा परेर ६० जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको बताउनुभएको छ ।

शनिबार विज्ञप्तिमार्फत् उहाँले साँझको समयमा कन्सर्टमा रमाइरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकवादी कार्यको निन्दा र भत्र्सना गरेको बताउनुभयो ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘मित्रराष्ट्र रसियाको मस्को शहर नजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकबादी हमलामा परि कम्तीमा ६० जनाको ज्यान गएको तथा एकसय भन्दा बढी घाइते भएको घटनाले स्तब्ध तुल्याएको छ । साँझको समयमा कन्सर्टमा रमाईरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकवादी कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछु । उक्त घटनामा ज्यान गुमाउने निहत्था रुसी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

उहाँले नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले शान्ति र अहिंशाका पक्षधरहरुले विश्वका कुनैपनि देशमा हुने यस्ता आतंकवादी घटनाहरुको समर्थन गर्न नसक्ने पनि बताउनुभएको छ ।

विश्वमा शान्ति कायम गर्न हरेक देशले आतंकवादी गतिविधिलाई निरुत्साहित तथा नियन्त्रण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘नेपाल शान्तिका अग्रदुत गौतम बुद्धको देश भएकाले सधै अहिंसा र शान्तिको पक्षमा रहेको छ । शान्ति र अहिंसाका पक्षधरहरुले विश्वका कुनैपनि देशमा हुने यस्ता आतंकवादी घटनाहरुको समर्थन गर्न सक्दैन । रुसमा भएको आतंकवादी हमला शान्ति र अहिंशाका विरुद्ध गरिएको अमानवीय घटना हो । विश्वमा शान्ति कायम गर्न हरेक देशले आतंकवादी गतिविधिलाई निरुत्साहित तथा नियन्त्रण गर्न आवश्यक छ साथै आतंकवादी गतिविधिविरुद्ध एकजुट हुन सबैमा हार्दिक अपिल पनि गर्दछु ।’ उहाँले भन्नुभएको छ ।