११ असार २०८३, बिहिबार

संघीयता मान्दिन भन्नेहरुलाई होलीले सद्बुद्धि मिलोस् : इन्द्र बाँनिया

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाली कांग्रेस बागमती प्रदेश भातृ संगठन समन्वय विभागले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । शनिबार ललितपुरमा विभागले २०८० सालको होलीको सुखद्उ पलक्ष्यमा होली मिलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती सभापति इन्द्रबहादुर बाँनियाले होलीको शुभकामना दिँदै अहिले संघीयता मान्दिन भन्नेहरु नै सरकारमा रहेको भन्दै उनीहरुलाई संघीयता बलियो बनाउने बुद्धी मिलोस् भन्दै कामना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय व्यवस्थामाथि चुनौती बढेको छ । संघीयता मान्दिन भन्नेहरु आज सरकारमा छन् । त्यहि पनि आजको होली मिलन कार्यक्रममार्फत तिनीहरुलाई पनि हाम्रो शुभकामना छ । होलीले संघीयतालाई बलियो बनाउने सद्बुद्धि दिन सकोस् । सरकारमा रहनेले सत्य, न्याय र गरिबको पक्षमा काम गर्न सकोस् । स्टनबाजी गरेर हुने नहुने कुरामा अतिरञ्जीत गरेर, भ्रम सृजना गरेर जनतालाई भ्रमको खेती गर्न बन्द गरौं होलीमा हामी शुभकामना दिन चाहन्छौ ।’

उहाँले विभिन्न जातजाती, भाषाभाषी सबैको साझा फुलबारीको रुपमा रहेको देशको संस्कृति र परम्पराको जर्गेना नेपाली कांग्रेसले गर्छ भन्ने उदघोषसहित होली मिलन कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिनुभयो ।