९ असार २०८३, मंगलबार

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १० चैत । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ ।

शनिबार बिहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो । पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताउनुभयो ।

२६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन् ।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेल चौतारमा उपचार भइरहेको छ ।