२९ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल मनि विकको अवसरमा हरिनगरामा विद्यार्थीसँग कृषि विकास बैंक

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १० चैत । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ ।

हरिनगराकै हरिनगर माविमा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो ।

बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बैंकलाई धन्यवाद दिन विद्यालयमा नै आइपुग्नुभएको थियो भने विद्यार्थीहरुलाई वित्तीय साक्षरताको बारे राम्रोसँग सिक्न र घर परिवारमा पनि सिकाउन सुझाव दिनुभएको थियो ।

करिव डेढ घण्टा लामो कक्षामा वित्तीय साक्षरता भनेको के हो, यसको महत्व र उद्देश्य, बैंकिङ कारोबार, पारिवारीक बजेट, विप्रेषण, बीमा, गैह्र बैंकिङ कारोबाार र यी सेवा र सुविधाको लागि एडिविएलको पहल बारे विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । जसलाई प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडीका कारणहरुबारे प्रश्न गरेका थिए । जसलाई सहजकर्ताहरुले जवाफ दिनुभएको थियो ।

कार्यक्रमको समापन पश्चात सहभागी विद्यार्थी कुसुम खातुन भन्नुहुन्छ, ‘मलाई पारिवारिक बजेटको कुरा सबैभन्दा बढी मन पर्‍यो, सर–म्याडमले भने जस्तै म पनि अब योजना विना खर्चगर्ने बानी हटाउँछु । अनि आफूले गरेको खर्चको टिपोट गर्नेछु ।’

यस कार्यक्रमलाई समेट्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विद्यार्थीहरुलाई विश्वमा बैंक र पैसाको सुरुवात, आजको डिजिटल बैंकिङ, बढ्दै गइरहेका चुनौती र भविष्यको बैंकिङ कस्तो हुनेछ भन्ने बारे जानकारी गराउनुभएको थियो ।