३१ जेष्ठ २०८३, आइतबार

सुदूरपश्चिममा एकैदिन ७ जनामा कोरोना पुष्टि

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १० चैत । सुदूरपश्चिम प्रदेशमा एकैदिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रबार १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांककाअनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।