७ श्रावण २०८३, बिहिबार

बंगलादेशीलाई नेपाल ल्याएर बन्धक : ४ को उद्धार, ४ जना पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ ।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई उद्धार गरी अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौं महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो ।

उहाँका अनुसार उक्त कार्यमा संलग्न रहेका बंगलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो ।

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको पोखरेलले बताउनुभयो ।

पीडितहरूलाई नेपालस्थित बंगलालादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ ।