
काठमाडौं, १० चैत । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण ९ दिन लामो भएको टिप्पणी गर्नुभएको छ ।
नेता रिजालले परराष्ट्रमन्त्री श्रेष्ठलाई चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? भन्दै प्रश्न गर्नुभएको छ ।
‘कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’ रिजाालले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेख्नुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानलाग्नुभएको हो ।








प्रतिक्रिया