५ असार २०८३, शुक्रबार

नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउन होइन : महासचिव पोखरेल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताउनुभयो ।

उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पार्नुभयो ।

‘समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन ।’, उहाँले भन्नुभयो, ‘अहिले संसद्मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढङ्गबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।’

महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।