सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

दैनिक नेपाल २०८० चैत ९ गते १२:३६

काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार  तोलामै २६ सयले बढेर प्रतितोला छापावाला सुन १ लाख २७ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ ले घटेर १ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित