४ असार २०८३, बिहिबार

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग, नयाँ आयोग बनाइने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो ।

आयोगको अध्यक्षमा केशव निरौला हुनुहुन्थो भने उपाध्यक्ष नहेन्द्र खड्का हुनुहुन्थो । निरौला नेपाली कांग्रेसनिकट हुनुहुन्छ भने खड्का माओवादी केन्द्र निकट हुनुहुन्छ ।

२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो ।

त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।