७ असार २०८३, आइतबार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ९ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्नुभएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी)ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाई बिहीबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उहाँलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घण्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ ।

मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिनुभएको छ ।

साथै आम आदमी पार्टीको कानूनी टोलीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ ।

यसअघि बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । केजरीवालले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन माग्नुभएको थियो । अदालतले केजरीवाल ईडी समक्ष हाजिर हुनुपर्ने बताउँदै उहाँको गिरफ्तारीमा रोक लगाउन अस्वीकार गरेको थियो ।

यसअघि ईडीले मार्च १७ मा केजरीवाललाई ९औं समन पठाएको भएपनि उहाँ बयानका लागि उपस्थित हुन अस्वीकार गर्दै आउनुभएको थियो ।

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो ।

दिल्ली राज्य सरकारको मदिरा नीतिमा दिल्लीका मुख्यमन्त्री र केही मन्त्रीहरु अहिले जेलमा रहनुभएको छ ।