सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कृषि विकास बैंकको ब्याज घट्यो, अब आधार दर ८.८८ मात्र

दैनिक नेपाल २०८० चैत ८ गते २२:३९

काठमाडौं, ८ चैत । निजी क्षेत्रका बैंकहरुको आधार दर बढिरहेको अवस्थामा कृषि विकास बैंकको आधार दर उच्च अंकले घटेको छ ।

कृषि विकास बैंकको आधारदर ८.८८ प्रतिशत रहेको छ । निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यान दिई निक्षेप तथा कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आधार दर क्रमश: घटाउँदै लैजान सफल भएको बैंकले जनाएको छ ।

कृषिलाई नछोड्ने, अरुलाई जोड्दिने नीति अवलम्वन गरेको बैंकले सरकारी कारोवार, साना किसानको लागिसरल कृषि कर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै आएको बैंकले हालका दिनमा ठूला आकारका व्यवसायिक कर्जामा समेत जोड दिँदै आएको छ । बैंकको बेसरेट घटेसँगै यस बैंकको लगानी क्षमतामा उच्चवृद्धि भएको छ ।

बैंकले चैत्र महिनाको लागि आठ दशमलव अठासी अंकको आधारदर सार्वजनिक गरेको छ । यो सँगै बैंकको व्यवसायिक कर्जा लगानीको व्याजदर दशमलव अठासी अंकमा झरेको छ । आधार दर घटेसंगै किसानले उपयोग गरेको कर्जाको व्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा वढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको छ । निजी सवारी साधन खरिदकालागि खरिद मुल्यको ६५ प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैंकले उल्लेख गरेको छ ।

किसानको कर्जाको व्याजदरको असर समग्र आर्थिक प्रणालीमा हुने गर्दछ । कम व्याजदरले कृषि उत्पादनको लागत घट्न गई बजारमा मूल्य वृद्धिको चापमा कमी आउने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित